Testimonials

शिक्षक हुनुमा आनन्द

 

एउटा मालीले फूलबारीमा रमाउन सकेमा मात्र सो बगैचामा भएका फूलहरू फुल्न सक्छन् भनेझैँ प्रत्येक व्यक्तिले  आफ्नो पेशामा रमाउन सकेमा मात्र सफलता र आत्मसन्तुष्टि मिल्छ भन्ने मलाई लाग्छ। नेपालका लाखौं शिक्षकहरू आफ्नो पेशामा रमाउनुहुन्छ कि रमाउनुहुन्न मलाई थाहा छैन तर म आफू एउटा सामुदायिक विद्यालयको शिक्षक हुनुमा बहुत गर्व गर्छु, आनन्दित हुन्छु र रमाउँछु। विक्रम सम्वत २०६० सालमा सामुदायिक विद्यालयको शिक्षक पदमा नियुक्ति भएदेखि कहिले बाटोघाटो, बिजुली र सञ्चारको अभाव भएको दुर्गम विद्यालयमा काम गर्ने अवसर पाएँ त कहिले संस्थागत विद्यालयको लहर चलेको सदरमुकामको नगन्य विद्यार्थी भएको विद्यालयमा अनुभव गर्ने मौका पाए ।घरपायक सरुवा मिलाउने क्रममा जिल्लाकै उत्कृष्ट र सुगम विद्यालयको शिक्षक हुनुको मज्जा पनि अनुभूति गर्न पाएँ। स्वास्थ्य समस्याले गर्दा जन्मथलो र कर्मथलो प्यारो इलामलाई छोड्दै लाखौं जनसङ्ख्या ,भौतिक सुविधा र भिन्न परिवेश भएको उत्कृष्ट विद्यालयमा शिक्षक भई काम गर्ने अवसर पनि पाएँ। चाहे त्यो दुर्गम विद्यालय होस् वा सहरीकरणको कारणले ओझलमा परेको जीर्ण विद्यालय होस् या त जिल्लाकै नाम चलेको विद्यालयमा काम गर्दा होस्, परिस्थिति फरक फरक थियो तर मेरो मनस्थिति एउटै थियो सिंकूँ , सिकाऊँ शुभचिन्तक कमाऊँ र विद्यार्थीहरुसँग रमाऊँ। सायद मेरो यही स्वभाव र शिक्षक भएकोमा रमाउने र खुसी हुने विशेषताले होला शिक्षण सिकाइका क्रममा अनेकन सृजनशील, विद्यार्थी केन्द्रित र नविनतम शैली अवलम्बन गर्न मनपर्छ। मैले शिक्षण गर्ने क्रममा न त कतैबाट पुरस्कृत हुन्छु भन्ने आशा थियो न त जानकारी नै थियो। 2078 साल मा हाल म कार्यरत विद्यालय आदर्श माध्यमिक विद्यालय मेचीनगर झापामा कार्य गर्दै जाँदा तत्कालीन प्र. अ. हेमकुमार खड्काबाट पिपी प्रसाई फाउन्डेसनको बारेमा जानकारी पाए र यो प्रतिष्ठानले देशभरिबाट पुरस्कारका लागि आवेदन माग गरी शिक्षकको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकता, समुदायसँगको सम्बन्ध, शिक्षकहरुको शिक्षा प्रतिको धारणा, विद्यालय व्यवस्थापन समितिको र बाल क्लबको सिफारिस आदिलाई आधार मानी उत्कृष्ट शिक्षक छनोट गर्ने गरेको कुरा थाहा पाएँ र मैले फाउन्डेसनको वेबसाइटमा भएका १०वटा प्रश्नहरूको उत्तर हरु सहित विद्यालय व्यवस्थापन समिति र बाल क्लबको सिफारिसका साथ आवेदन पेश  गरें। दुर्भाग्यवस २०७८ साल चैत्र महिनामा मेरो स्वास्थ्यमा गम्भीर समस्या देखियो र भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै गरेको सकसपूर्ण क्षणमा पवित्रा भेषराज स्मृति प्रतिष्ठान बुद्धशान्ति झापाद्वारा वितरित पवित्रा भेषराज स्मृति उत्कृष्ट शिक्षक पुरस्कार २०७८ बाट पुरस्कृत हुने खबरले मलाई पुनर्जीवनका लागि थप हौसला र उर्जा मिल्यो। उपचारको क्रममा अपरेसन र केमोथेरापीको कष्टप्रद चरण पूरा गरी २०७९ सालको भदौ महिनामा रेडियोथेरापी मार्फत अन्तिम चरणमा उपचार भइरहेको थियो। यस समयमा उपचारमा प्रयोग गरिएका कडा औषधि विकिरण र अपरेसनको असरले बाँच्नको लागि संघर्ष गरिरहेको समयमा पुनः एकपटक पिपी प्रसाई फाउन्डेसन द्वारा वितरित प्रजापति प्रसाई क्षेत्रीय उत्कृष्ट शिक्षक पुरस्कार २०२२ प्रदेश नम्बर १ का लागि छनोट भएको सुखद समाचार सुन्न पाएँ। केमोथेरापी र रेडियोथेरापी पछिको यो पुरस्कारले मलाई क्यान्सर रोग जित्नको लागि साइकोथेरापीको काम गर्यो । उपचार पश्चात् कहिले विद्यालय पुग्ने बालबालिकाहरूलाई भेट्ने र थप हौसला ऊर्जा र जिम्मेवारीका साथ काममा फर्किने भन्ने हुटहुटी बढ्न थाल्यो। यसरी उपचार सकिएकै दिन झापा फर्किए भोलिपल्टबाट विद्यालय नियमित जान थ थालें । कपाल झरेर बिरुप भएको अवस्थामा कति नानीहरुले चिण्डे मिस भन्थे भने कतिले धेरै पछि उपचार सकेर बाँचेर आउनुभएछ भनेर रुन्थे ,झ्यामिन्थे र माया दर्शाउथे। यसै बीच मैले शिक्षणलाई निरन्तरता दिन थाले। हिजो जस्तै सृजनशील ,नविनतम शैलीको प्रयोग र खुसी हुँदै पठाउनु का अतिरिक्त थप जिम्मेवारी बोध र हौसला समेत महसुस गर्न थाले ।  पिपि फाउन्डेसनबाट प्राप्त यो पुरस्कारले मलाई अझ बढी परिपक्व , जिम्मेवार र क्रियाशील बन्नलाई प्रेरित गर्न थाल्यो। यसैबीच २०८० असोजमा अमेरिकी संस्था ग्रेट एक्सपेक्टसन द्वारा काठमाडौँको हायत होटलमा सञ्चालित शिक्षक तालिममा सहभागी हुने अवसर पनि प्राप्त गरे । यसरी मेरो शिक्षणकालमा प्राप्त गरेका हार्ड स्किल र सफ्ट स्किल सम्बन्धित थुप्रै तालिमलाई कक्षाकोठामा पुर्‍याउने प्रयत्न गरिरहेकी छु । एउटा संयोग " पवित्रा भेषराज उत्कृष्ट शिक्षक पुरस्कार ग्रहण गर्ने समयमा म अस्पतालको बेडमा नै भएको अवस्थामा नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको बाहुलीबाट प्रधान अध्यापक कृष्ण पुरीले पुरस्कार ग्रहण गरिदिनुभएको थियो भने मेरो उपचार सकिन लाग्दा प्राप्त भएको पीपी प्रसाई क्षेत्रीय उत्कृष्ट शिक्षक पुरस्कार नेपाली काङ्ग्रेसका अर्का महामन्त्री गगन थापाद्वारा आफैले ग्रहण गर्ने सौभाग्य पाएँ।  

                 अन्त्यमा निष्ठापूर्वक आफ्नो पेशामा पूर्ण इच्छाशक्तिका साथ खुसी भएर निरन्तर लागिरहने हो भने कहिँ न कहिँबाट पुरस्कृत हुने र सम्मानित हुने अवसर पनि पाइँदो रहेछ। यस किसिमका पुरस्कारले पेशाप्रतिको वफादारिता र जिम्मेवारी बढाउँदो रहेछ। साथै आम शिक्षकहरूमा यस पुरस्कारप्रतिको आकर्षण पनि बढ्ने रहेछ भन्ने महसुस गरेको छु। विपन्न वर्गका बालबालिकाहरू अध्ययन गर्ने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि शिक्षकहरूलाई नै प्रोत्साहित गर्नुका साथै शिक्षकलाई तालिम प्रदान गरी पेशागत विकासमा सहयोग गर्ने सोच राख्नु र सिकाई राम्रो हुन कक्षाकोठा भित्रको शैक्षिक क्रियाकलाप राम्रो हुनुपर्दछ र शैक्षिक सामग्रीको प्रयोग धेरै हुन पाए धारणा स्पष्ट पार्न सजिलो हुन्छ भन्ने सोचले विद्यालयलाई शैक्षिक सामग्री समेत उपलब्ध गराउनु जस्ता कार्यहरु पिपी फाउन्डेसनको प्रशंसनीय कार्यहरू हुन्। प्रशंसनीय खोज विधि लाई अवलम्बन गरी यस्तो बृहत पुरस्कार कोषको स्थापना गरी सामुदायिक विद्यालयका दूरदराजमा कार्यरत शिक्षकहरूको कार्यको मूल्याङ्कन गर्दै पुरस्कृत गर्ने, हौसला दिने पि पि फाउन्डेसन को यस विराट सोच र पवित्र उद्देश्यलाई  म सदैव उच्च सम्मान गर्दछु ।

View all
Mrs. Pratima Chapagain

Mrs. Pratima Chapagain

National Winner, 2022

मा पीपी प्रसाई जस्ता संस्थालाइ मेरो हृदयबाट धनयाबाद दिन चाहाँछु हामी जस्ता शिक्षकहरूलाई अझ  हाम्रो विद्यालयलाई अबल  बनाउन चुनौती दिनु भएकोमा ।

View all
Krishna Bahadur Khatri

Krishna Bahadur Khatri

National Winner, 2015

नमस्कार सबै आदरणीय व्यक्तित्वहरू, यो सम्मान पाउँदा स्थानीय निकाय,सङघ-संस्था मन्त्रालय ,विद्यालय सबैबाट प्राप्त भएको भन्दा नितान्त भिन्न अनुभव भएको थियो ।अन्यतिरको काहीँ कतै हेलो इफेक्टबाट पनि भयो होला तर यसमा आफूले गरेको कामको विवरण आफैँबाट पेश हुने, साथमा प्रदेश स्तरीय छनौट हुने,निष्पक्ष मूल्याङ्कन ,शैक्षिक सामग्रीसंगै राम्रो अङ्कको रकम पनि पाउँदा हर्षले गदगद भएकी थिएँ ।राष्ट्रपति कार्यालयमा कार्यक्रम ,बरिष्ठ पत्रकार दिल भूषण पाठकद्वारा कार्यक्रम सन्चालन र राष्ट्रपतिको हातबाट प्राप्त भएकोमा अझ बढी महत्त्वपूर्ण सम्मान प्राप्त भएको महसुस भएको थियो ।विद्यालयमा मलाई  २५०० विद्यार्थीहरूको उपस्थितिमा शिक्षक कर्मचारी ,विव्यस सबैजनाले बधाई तथा सम्मान प्रदान गर्नु अविस्मरणीय थियो ।दिलबाट काम गर्दा एक न एक दिन अवश्य मूल्याङ्कन हुँदोरहेछ ।भगवान् को उपस्थिति अनिवार्य पाइने रहेछ ।सार्वजनिक शिक्षामा राज्यको उपस्थिति कमजोर छ ।करिब ३० वर्ष त्यही विद्यालयमा काम गरेँ।पाटीमा सन्चालन भएको प्राथमिक विद्यालयमा २०० पनि विद्यार्थी थिएनन् तर आज सुन्दर र सुरक्षित क्लाइमेटमा प्राविधिक धारसहित २५०० भन्दा माथि विद्यार्थीहरू अध्ययन गर्ने विद्यालय बनाउन सफल भएकी थिएँ ।हाल अवकाशको सुखमय जीवन बित्दै छ।व्याचलर कलेजतिर समय दिइरहेकी छु ।उपयुक्त समयमा मैले यो अवार्ड पाउन सफल भएकोमा गर्वको महसुस हुन्छ ।हालमा पनि सार्वजनिक विद्यालय सफल बनाउनु पर्छ भन्ने अभियानमा छु ।सधैँ पिपि प्रसाई फाउन्डेसनप्रति हार्दिक हार्दिक आभार व्यक्त गर्दछु ।

View all
Kamala Rai

Kamala Rai

Winner, 2023

सबैमा नमस्कार । विशेष गरि पी.पी. प्रसाई  फाउण्डेसन परिवारप्रती हार्दिक आभारी छु । म बाँके जिल्ला नेपालगन्जवासी एक शिक्षक हुँ । २०७५ सालमा यहाँहरुले मेरो कर्तव्यको उच्च मूल्यांकन गरेर पुरष्कृत गर्नुभएको थियो 

View all
Kiran Paudel Acharya

Kiran Paudel Acharya

Winner, 2018

प्रस्तुत सम्बन्धमा सामुदायिक विद्यालयमा कार्यरत रही शिक्षाको विकासमा उल्लेखनीय योगदान पुर्याउने शिक्षकहरुलाई यस प्रतिष्ठानवाट प्रदान गरिने 'पी.पी. प्रसाई क्षेत्रीय उत्कृष्ट शिक्षक पुरस्कार' यस वर्ष कर्णाली प्रदेशवाट हाम्रो विद्यालयका शिक्षक श्री भुपाल सिंह ठकुरीले प्राप्त गर्न सफल हुनु भएकोमा हार्दिक बधाई छ । शिक्षा जस्तो पवित्र ठाँउमा शिक्षकहरुको मनोबल बढाउन गरिएको यस्तो कार्यले आम शिक्षक एवम शिक्षा जगतमा हौसला प्रदान गर्नेछ । विद्यालय शिक्षामा गरिएको यस्तो निस्वार्थ सेवा र प्रेरणाले पक्कै पनि सार्वजनिक शिक्षाको सबलीकरणमा ठूलो योगदान पुर्याउने छ । पुरस्कार सहित शैक्षिक सामग्री उपलब्ध गराइ दिएकोमा विद्यालयको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौ । हाम्रो विद्यालय प्रतिष्ठानको उतरोत्तर प्रगतिको कामना गर्दछ ।

View all
Bhupal Singh Thakuri

Bhupal Singh Thakuri

-

धन्यवाद ज्ञापन सम्बन्धमा

यस फाउण्डेसनले बबगत एक दशक देखिनै नेपालको लशक्षा‚ पययटन लगायत बबववध क्षेत्रको सुधार‚ उन्नयन‚ गुणस्तर र दक्ष जनशक्तत ननमायणका िानतर प्रोत्सहान र उजाय प्रदान गने कायक्रय महरु सञ्चालन गदै आइरहेको कुरा सवैमाझ जानकारी नै छ । जस्का ननक्म्त प्रत्येक वर्य उत्कृष्ट विद्यालय र उत्कृष्ट लशक्षकहरुलाई छनोट गरी राक्ष्िय स्तरको पुरस्कार सम्मान प्रदान गदै आइरहेको छ । जस्ले लशक्षाकमीहरुमा थप उजाय र हौसला प्रदान गने कायय भएको छ । यसै सन्दभयमा दसौं राक्ष्िय पी.पी. प्रसाई लशक्षक पुरस्कार-२०८० का लागग यस पटक कणायली प्रदेशवाट मलाई उत्कृष्ट लशक्षकको रुपमा छनोट गररएकोमा म अत्यन्तै हवर्यत तथा गौरवान्दीत भएको छु । यसमा मलाई थप हौसला प्रदान हुनुका साथै‚ थप क्जम्मेवारी‚ कायभय ारका साथ लशक्षणका क्रममा थुप्रैनौला प्रयोगहरु गनुपय नेमहशुस भएको छ । 

यस गररमामय सम्मानको लागग अवसर प्रदान गने यस फाउण्डेसनलाई ववशेर् धन्यवाद र आभार प्रकट

गनय चाहन्छु । साथै अवउप्रन्त नेपालको सावजय ननक लशक्षामा गुणस्तर र अब्वलता कायम गरी राक्ष्िय-अन्तराक्ष्िय स्तरको जनशक्तत ननमाणय को िानतर नयााँनौला प्रयोग र शैक्षक्षक अनुसन्धान सहहत ननरन्तर लागगरहने प्रण समेत गदयछु। यस फाउण्डेसन माफय त महामहहम सम्माननीय राष्िपनत ज्यू को वाहलीवाट पुरस्कार सम्मान ग्रहण गने अवसर जुटेकोमा म आफूलाई कमयय ोगी लभत्रको भाग्यमानी समेत ठान्दछु र यो मेरो जीवनको ऐनतहााँलसक स्वणयपत्र भएर रहहरहनेछ। धन्यवाद !

View all
Jaya Bahadur Basnet

Jaya Bahadur Basnet

Winner, 2023

नमस्कार¸

म अन्जु लामा¸ज्ञानोदय माध्यमिक विद्यालय पुरानो कालिमाटी¸बाफल¸अंग्रेजी शिक्षक । बागमती प्रदेशको पि. पि. प्रसाई पुरस्कारको उत्कृष्ठ शिक्षक 2019 पुरस्कारको बिजेता¸यहाँहरुप्रति हार्दिक नमन गर्दछुँ ।

कुनै पनि मिहिनेती¸असल¸इमान्दार र कर्तव्यनिष्ठ शिक्षकले यति मात्र चाहन्छ कि उसको योगदान र क्रियाकलापको सही मुल्याङ्कन होस ।  र यो अभिभारा अभिभावकको रुपमा पि पि प्रसाई  फाउन्डेसनले लिएको छ । जुन विशुद्ध रुपमा शिक्षा क्षेत्रमा अमुल्य योगदान दिदै हामी जस्ता शिक्षकहरुको मनोबल बढाउने कोशे ढुङ्गो साबित भएको छ । बास्तवमा नेपाल सरकारले गर्नुपर्ने काम¸ शिक्षकको योगदानको पहिचान र त्यसको कदर गर्नु पर्ने काम¸पि. पि. प्रसाई फाउन्डेसनले गर्दै आईरहेको छ¸जुन साह्रै सराहनीय छ ।

म ज्ञानोदय माध्यमिक विद्यालय बाफलमा वि सं २०७२ साल पौष १३ गतेबाट नियूक्त अँग्रेजी शिक्षक । म कक्षाकोठामा विद्यार्थीहरुलाई परियोजना केन्द्रित भई शिक्षण सिकाई क्रियाकलाप गराउँदछुँ । मेरो पहिलो उद्येश्य भनेको विद्यार्थीहरुलाई आफैंले गरेर सिक्ने वातावरण तयार गरिदिनु हो । एउटा कुनै पनि शिर्षक एउटै मात्र क्षेत्रमा सिमित नराखी खुल्ला सीमा र क्षेत्रमा त्यस विषयलाई प्रयोगमा ल्याउन सकिन्छ है भन्ने अवधारणा प्रस्तुत गर्नु मेरो ध्येय हो । सकेसम्म विद्यार्थीहरुलाई परियोजनाको माध्यमबाट अफ्नो विषयवस्तुको गराउँदछु । 

एक प्रसिद्ध चाइनिज भनाई अनुसार¸ “सुनेको कुरा; बिर्सन्छ। देखेको कुरा; सम्झन्छ । गरेको कुरा; बुझ्दछ” 

अर्थात विद्यार्थीहरुलाई पूर्ण रुपमा कुनै पनि कार्य गर्न दिएमा सिकाई दिगो र पूर्ण हुन्छ भन्ने मेरो सिद्यान्त हो। यही सिद्यान्तलाई आधार मानेर यस ज्ञानोदय माध्यमिक विद्यालयमा निरन्तर रुपमा अध्यापन गराउँदै आईरहेकी छुँ । 

मैले गरेका यी र यस्ता विभिन्न क्रियाकलापहरुको मुल्याङ्कन गरेर मलाई यस पि. पि. प्रसाई फाउन्डेसनले “उत्कृष्ठ शिक्षक” बागमती प्रदेशबाट छनौट गरि पुरस्कृत गरिदिनु भएकोमा फाउन्डेसनप्रति हार्दिक आभार व्यक्त गर्दछुँ ।

यस पुरस्कार प्राप्त गरेपछि म मा आफू थप उर्जा र आझै बढी जिम्मेवार महसुस भएको छ । म आफूले सिकेको र बुझेको कुरा आफूले मात्र नगरी मेरा अरु शिक्षक साथीहरुलाई पनि शेयर गर्दै सक्रिय¸उर्जासिल र कर्तव्यनिष्ठ हुनको लागि प्रोत्साहन गर्नेछु ।

धन्यवाद ।

View all
Anju Lama

Anju Lama

2019 Winner