प्रेस विज्ञप्ती २०७१

Share Story

मितिः २०७१/०५/२०
(प्रजापति) पी.पी. प्रसार्इं फाउण्डेसन

प्रेस विज्ञप्ती

शिक्ष क्षेत्रमा विशिष्ट योगदान पु¥याउने सामुदायिक विद्यालयका शिक्षकलाई प्रदान गरिने यस वर्षको (प्रजापति) पी.पी प्रसाईं उत्कृष्ट राष्ट्रिय शिक्षक पुरस्कार जनप्रेम उच्च माध्यमिक विद्यालय, बाग्लुङमा कार्यरत शिक्षक नईन्द्र बहादुर गुरुङलाई प्रदान गरिएको छ ।

त्यसैगरी उत्कृष्ट शिक्षक पुरस्कार द्रोण बहादुर श्रेष्ठ (पुर्वाञ्चल), बासु प्रसाद सुवेदी (मध्यमाञ्चल), केशर बहादुर थापा (पश्चिमाञ्चल), गेहन्द्र प्रसाद दाहाल (मध्यपश्चिमाञ्चल) र तिलक राज कलौनी (सुदर पश्चिमाञ्चल) लाई प्रदान गरिएको छ ।

आज (शुक्रवार) फाउण्डेसनद्धारा आयोजित एक समारोहका बीच प्रमुख अथिति माननिय शिक्षा मन्त्री चित्रलेखा यादबले विजेतालाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।
उत्कृष्ट राष्ट्रिय शिक्षक पुरस्कार विजेताले ५० हजार रुपैया र पाँचै विकास क्षेत्रका उत्कृष्ट शिक्षकहरुले जनही २५÷२५ हजार रुपैया प्राप्त गरेका छन् । पुरस्कृत शिक्षक कार्यरत विद्यालयलाई समेत दश हजार रुपैयाँ वरावरको शैक्षिक सामग्री पनि उपलब्ध गराइएको छ ।

देशभरबाट आवेदन मागि शिक्षको पढाउने शैली, विद्यार्थीको आवश्यकता प्रति उनीहरुको बुझाई, शिक्षा प्रति उनीहरुको प्रतिवद्धता, शिर्जनशीलता, अभिभावक तथा समाजसँगको उनीहरुको सम्बन्ध, विद्यालय तथा विद्यार्थीको विकास लगायतका क्षेत्रमा उनीहरुको मुल्यांकनका आधारमा शिक्ष विशेषज्ञ तथा लब्ध प्रतिष्ठित व्यक्तिहरु सम्मिलित निर्णयक समितिले पुरस्कार प्रदानकालागि सिफारिस गरेको हो ।
उम्मेदवारहरुको छनौंट, मनोनयनलगायतका प्रक्रियामा शिक्षा विभागसँग सहकार्य गरिएको थियो ।

पहिलो वर्ष उक्त पुरस्कार लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीलाई मरणोेपरान्त प्रदान गरिएको थियो भने दोस्रो वर्ष कुटीडाँडा स्कुल दोलखाका शिक्षक शंकरलाल श्रेष्ठ र सोनम डोल्मा लामाले उक्त पुरस्कार प्राप्त गरेका थिए ।

प्रर्यटन व्यवसायी प्रजापति प्रसाईंको ग्रामीण क्षेत्रसम्म शिक्ष र पर्यटनको विकास गर्ने सपनालाई मुर्त रुप दिन २०६७ साल फागुन ६ गतेप्रजापति (पीपी) फाउण्डेसनको गठन गरिएको हो । प्रसाईंको वि स २०५६ भदौं २० (५ सेप्टेम्वर १९९९) मा हवाई दुर्घटनामा परि निधन भएको थियो ।

थप जानकारीका लागि
शिखा प्रसाई : ९८५१०३७०१
सरिना पिया : ९८१३४२६३२७
शिखर प्रसाई
अध्यक्ष
पीपी प्रसाई फाउण्डेसन